
भारतीय क्रिकेट टीमका खेलाडी ऋषभ पन्तको कार दिल्लीबाट रुडकी जाँदै गर्दा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा पन्तको शिर र गोडामा चोट लागेको छ । उनलाई देहरादूनस्थित म्याक्स अस्पताल लगिएको छ ।
हम्मदपुर झाल नामक स्थानमा माटोको ढिस्कोमा ठोकिएपछि पन्तको कार अनियन्त्रित भएर रेलिङमा ठोकिएको थियो । रेलिङ भत्काउँदै कार २०० मिटरसम्म घिसारिएको थियो । त्यसक्रममा कार पल्टेको र आगो लागेको थियो ।
कारको ढोका खोलेर पन्त बाहिर निस्कन खोजेका थिए तर चोट लागेका कारण निस्कन सकेनन् ।
घटनास्थलमा पुगेका केही युवकहरूले पन्तलाई सहयोग गर्न छोडेर उनको ब्यागबाट सबै पैसा चोरेर भागेको खबर छ ।
तर उनीहरूले नै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।