२४ जेठ २०८३, आइतबार

हुस्सुका कारण उडान प्रभावित, त्रिभुवन विमानस्थल साढे १० बजे मात्रै खुल्यो

हुस्सुका कारण उडान प्रभावित, त्रिभुवन विमानस्थल साढे १० बजे मात्रै खुल्यो

चिसो र हुस्सुका कारण त्रिभुवन विमानस्थलसहितका तराई क्षेत्रका विमानस्थलमा उडान प्रभावित भएका छन् ।

हुस्सुका कारण भिजिबिलिटी नपुग्दा जहाजको उडान र अवतरणमा ढिलाइ भएको छ ।

त्रिभुवन विमानस्थल नै बिहान साढे १० बजेसम्म नखुल्दा उडान र अवतरण प्रभावित भयो ।

विमानस्थल ढिलो गरी खुल्दा र आँखाले हेरेर गर्ने (भिजुअल फ्लाइट रुल्स) भीएफआरबाट उडान हुन सकेन ।

​इन्टुमेन्टल फ्लाइट रुल्स (आइएफआर) बाट हुने उडान मात्रै खुल्दा विमान कम्पनीहरूले गर्ने सबैभन्दा बढी भीएफआरको उडान प्रभावित भइरहेको छ ।

अहिले काठमाडौंबाट हुने नेपालगञ्ज र भद्रपुर विमानस्थलको मात्रै उडान खुला भएको छ ।

अन्य विमानस्थलहरू प्रतिकूल मौसमका कारण बन्द हुँदा आन्तरिक उडान प्रभावित भएको वायुसेवा कम्पनीहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्