२३ असार २०८३, मंगलबार

हृदयविदारक घटना– आगलागीबाट नबाँच्ने भएपछि ९ वर्षीय छोरालाई फोन

हृदयविदारक घटना– आगलागीबाट नबाँच्ने भएपछि ९ वर्षीय छोरालाई फोन

कम्बोडियाको होटल क्यासिनोमा भीषण आगलागी भएपछि १२ औं तल्लाबाट हाम्फालेका एक नेपालीको मृत्यु भएको छ ।​

मृतकको नाम निराकार पाण्डे र घर बिर्तामोड नगरपालिका वडा नम्बर- १ झापा हो ।

आगलागीपछि जीवनको अन्तिम क्षणमा उनले परिवारका सदस्यका साथै कम्बोडियास्थित नेपाली अगुवालाई समेत फोन गरेको खुलेको छ ।

आफ्नो छोरालाई भिडियो कल गर्दै उनले 'असल मान्छे बन्नू, कसैलाई फ्रड नगर्नू' भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनले आफन्तलाई फोन गरेर आफ्नो ९ वर्षीय छोरा र परिवारका सदस्यको ख्याल राखिदिन आग्रह गरेका थिए ।

साथै एनआरएनए कम्बोडियाका प्रतिनिधिलाई फोन गरेर आफ्नो शव नेपाल लगिदिन समेत आग्रह गरेको खुलेको छ ।

उक्त आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । मृतकमा अन्य नेपाली रहे/नरहेको खुलेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्