१३ असार २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीले पठाए बधाई

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीले पठाए बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ समकक्षीले बधाई सन्देश पठाएका छन् । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले शुक्रवार प्रधानमन्त्री प्रचण्डलाई बधाई सन्देश पठाएका हुन् । 

लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई पठाएको बधाईपत्र दूतावासले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ । 

प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गरेका छन् । लीले नेपालको स्थायित्व, विकास र समृद्धिमा चीनको सधैं साथ रहने प्रतिबद्धता जनाएका छन् ।

यसअघि चिनियाँ दूतावासले प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिन चिनियाँ  विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बधाई दिएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्