३० जेठ २०८३, शनिबार

आगलागी पीडितलाई फूटबल संघको राहत संकलन अभियान

आगलागी पीडितलाई फूटबल संघको राहत संकलन अभियान
प्रतिकात्मक तस्वीर

जिल्ला फूटबल संघ खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पीडितको सहयोगार्थ राहत संकलन अभियान शुरू गरेको छ । 

पुस ४ गते साँझ बाक्सिला बजारमा भएको आगलागीमा फूटबल संघका जिल्ला उपाध्यक्ष समिर राई र बाक्सिला फूटबल क्लब बाक्सिलाका सचिव पवन श्रेष्ठ समेत पीडित भएपछि जिल्ला फूटबल संघले राहत संकलन अभियान शुरू गरेको हो । 

बाक्सिला बजारका दीपक गुरुङको घरमा विद्युत् सर्ट हुँदा शुरू भएको आगोले डिल्लीकुमार श्रेष्ठ, शुभराज राई, रमेश परियार र अकबर राईको घर जलेर नष्ट भएको थियो । सो आगलागीमा फूटबल संघका उपाध्यक्ष एवं गाउँपालिका प्रमुख राईको १ करोड २५ लाख र बाक्सिला फूटबल क्लबका सचिव श्रेष्ठको २० लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

अभियानअन्तर्गत हालसम्म १४ दाताबाट १ लाख ४२ हजार २०० राहत संकलन भइसकेको फूटबल संघका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिए । आगलागी पीडितका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा समाजसेवी हटमिलन राईले १ लाख १ हजार १ रुपैयाँ सहयोग गरेका छन् ।

फूटबल संघका अध्यक्ष राईले १० हजार १, सुमन पुमाले ५ हजार, कमल चाम्लिङले ५ हजार, काजीमान राईले ५ हजार, प्रकाश राई ‘पिके’ले ३ हजार, विनोद तिरुवाले ३ हजार, हिरन राईले २ हजार, सनम राई ‘जोजो’ले २ हजार, रोशेस श्रेष्ठले २ हजार, अमर श्रेष्ठले १ हजार १००, मनोज थापले १ हजार १००, गंगाबहादुर विश्वकर्माले १ हजार र पर्शुराम विश्वकर्माले १ हजार सहयोग गरेका छन् । संकलित रकम केही समयपछि अग्नि पीडितलाई हस्तान्तरण गर्ने अध्यक्ष राईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्