२५ असार २०८३, बिहीबार

कम्बोडिया आगलागीमा निराकरको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

कम्बोडिया आगलागीमा निराकरको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक होटल क्यासिनोमा भीषण आगलागीका कारण झापाको बिर्तामोड नगरपालिका–१ का निराकर पाण्डेसहित १९ जनाको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार निधन भएका पाण्डेका परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।

प्रचण्डले मुख्यसचिवलाई मृतक पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्