
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य गर्न गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् ।
शनिवार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका गृहमन्त्री रविलाई नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिइएको हो ।
प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार भेटमा गृहमन्त्री रविले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे प्रधानमन्त्री प्रचण्डसामु संक्षिप्त रिपोर्ट पेश गरेका छन् ।