११ साउन २०८३, सोमबार

मंसिर १५ भित्र दुबै चुनाव, पाँच दिनभित्र मिति घोषणा

कात्तिक २०, २०७४
मंसिर १५ भित्र दुबै चुनाव, पाँच दिनभित्र मिति घोषणा
काठमाडौं ३२ साउन - प्रमुख तीन दल नेपाली कांगेस, नेकपा एमाले र माओवादी केन्द्रबीच मंसिर १५ गतेभित्र प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने सहमति भएको छ । तीन दलबीच भदौ ४ गतेसम्म निर्वाचन कानून पारित गरेर चुनावको मिति घोषणा गर्ने सहमति भएको छ ।


प्रधानमन्त्री शेरवहादुर देउवाको आह्वानमा बुधवार साँझ बसेको तीन दलको बैठकमा मंसिर १५ गते अगावै प्रदेश र संघीय संसदको चुनाव गर्ने सहमति भएको बैठकपछि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । ‘मसिर दोस्रो सातासम्म चुनाव गर्न तीनवटै दल सहमति भए’ नेम्वाङले भने ।

दलहरुबीच दुइवटै चुनाव एकै पटक गर्ने बिषयमा बिहीवार निर्वाचन आयोगसँग सामुहिक छलफल गर्ने सहमति भएको छ । तीन दलको बैठकअघि प्रधानमन्त्री देउवाले आयोग पदाधिकारीसँग परामर्श गरेका थिए । आयोग समेत दुवै चरणको चुनाव गर्न लचिलो बनेको छ ।


बैठकमा नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत तीन दलका शीर्ष नेताहरु सहभागि थिए ।

संविधान संशोधनको बिषयलाई भदौ ५ गते अगावै टुङ्गो लगाउने बिषयमा सहमति भएको नेम्वाङले बताए । संविधान संशोधन लगायतका बिषयमा छलफल गर्न प्रधामनन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग परामर्श गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्