०७ असार २०८३, आइतबार

सर्वदलीय बैठक : संविधान संशोधनमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

कात्तिक २०, २०७४
सर्वदलीय बैठक : संविधान संशोधनमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह


काठमाडौँ, ३२ साउन - प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा आज प्रस्तुत भएको संविधान संशोधन प्रस्तावमा सहयोग गर्न संसद्मा प्रतिनिधित्व गर्ने दललाई आग्रह गरेका छन् ।all party meeting

आज बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनमा सहयोग गर्न सबै दललाई आग्रह गरेका हुन् ।

बैठकमा संशोधनको पक्ष र विपक्षमा दलले आआफ्नो धारणा राखेका थिए । बैठकमा प्रधानमन्त्रीले बाढीपीडितको राहत तथा उद्धारमा सरकारले गरिरहेको प्रयासबारे जानकारी गराउँदै त्यसमा सबै दलको समन्वय आवश्यक रहेको बताएका थिए ।

आजको बैठक संविधान संशोधन, बाढीपीडितको उद्धार तथा राहत र केन्द्र तथा प्रदेशको निर्वाचन एकै चरणमा गर्ने विषयमा केन्द्रित रहेको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधनको आवश्यकता अहिले नरहेको धारणा आफ्नो पार्टीले बैठकमा राखेको बताए ।

बैठकमा राष्ट्रिय जनता पार्टीले संविधान संशोधनपछि निर्वाचनमा भाग लिने वातावरण बन्ने भन्दै छिटो पारित गर्न माग राखेको थियो । बैठकपछि राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले संसद्मा संशोधन प्रस्तावमा सकारात्मक परिणाम आउने अपेक्षा राखेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्