०२ असार २०८३, मंगलबार

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण
प्रतिकात्मक तस्वीर

मेलम्चीको पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा ७९६ किलोमिटर वितरण सञ्जाल निर्माण गरिरहेको छ । 

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको ७९६ किलोमिटर वितरण सञ्जालमध्ये ४२७ किलोमिटरको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले जानकारी दिए । बाँकी काम पनि चालू आर्थिक वर्षको अन्त्यसम्म सकिने उनको भनाइ छ । 

वितरण सञ्जालमा ४ वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । स्वयम्भू क्षेत्रमा शर्मा/रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्/टिम्स्/कुमार/सीएभी/क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ । 

मण्डिखाटार क्षेत्रमा वितरण सञ्जाल निर्माणमा टुँडी कन्स्ट्रक्सनले काम गरिरहेको छ । कपन क्षेत्रमा भने लिपेल/सैलुङ जेभीले काम गरिरहेको छ । कूल ७ अर्ब ३६ करोड ३ लाख ८४ हजार लागतमा दोस्रो चरणको ७९६ किलोमिटर वितरण सञ्जालको काम भइरहेको हो । 

निर्देशनालयले पहिलो चरणमा १ हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ । त्यसमध्ये ५३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ । पहिलो चरणमा निर्माण भएको बाँकी क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्