१२ साउन २०८३, मंगलबार
विवादित नेपाल टी-२०

नेपाल- टी २० बारे ज्ञानेन्द्रको खुलासा– हाम्रै टीमका खेलाडीलाई फिक्सिङको प्रस्ताव आयो

पुस १९, २०७९
नेपाल- टी २० बारे ज्ञानेन्द्रको खुलासा– हाम्रै टीमका खेलाडीलाई फिक्सिङको प्रस्ताव आयो

काठमाडौंमा जारी नेपाल टी– २० क्रिकेट प्रतियोगितामा खेल मिलेमतोको प्रयास भएको विषयमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले गम्भीर खुलासा गरेका छन् ।

कीर्तिपुर मैदानमा मंगलवार खेलपछिको 'पोस्ट म्याच कन्फ्रेन्स'मा काठमाडौं नाइट्सका कप्तान समेत रहेका मल्लले आफ्नो टीमका एक खेलाडीलाई 'स्पट फिक्सिङ'का लागि प्रस्ताव आएको खुलासा गरेका हुन् ।

उनले ती खेलाडीको नाम भने खुलाएनन् ।

सोही क्रममा विराटनगर सुपरकिंग्स तथा राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले पनि 'स्पट फिक्सिङ' भएको भए छानबिन गरेर कारबाही हुनुपर्ने बताए ।

रोहित पौडेल

शुरूदेखि नै विवादमा पर्दै आएको यो प्रतियोगितामा 'स्पट फिक्सिङ' भएको आरोप जोडतोडले लागेको छ ।

एक कमेन्टेटर फिक्सिङको आरोपसहित प्रतियोगिताबाट अलग भएका छन् ।

आजको खेलमा खेलाडीले पारिश्रमिक नपाएको भन्दै दुवै टीमका कप्तानले शुरूमा टस गर्न नै अस्वीकार गरेका थिए ।

पछि आज रातिसम्ममा पारिश्रमिक उपलब्ध गराउने सहमति भएर खेल सञ्चालन भएको थियो । 

उक्त खेलमा काठमाडौं नाइट्सले विराटनगर सुपरकिंग्सलाई २४ रनले पराजित गर्‍यो ।

फोटो : विश्वास खनाल/लोकान्तर

 

salt training

कमेन्ट गर्नुहोस्