२६ असार २०८३, शुक्रबार

विशेष अदालतको त्रुटिपूर्ण फैसलाविरुद्ध अख्तियारले गर्‍यो सर्वाेच्च अदालतमा पुनरावेदन

विशेष अदालतको त्रुटिपूर्ण फैसलाविरुद्ध अख्तियारले गर्‍यो सर्वाेच्च अदालतमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको त्रुटिपूर्ण फैसलाविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पुनरावेदन गरिएको जनाएका छन् ।

प्रतिवादीहरू भरतसिंह ऐर, केशवनाथ कट्टेल, राजेशकुमार केसी र मञ्जुतारा शाक्य ताम्राकार रहेको गैरकानूनी रूपमा नक्सा सुधार गरी सरकारी जग्गा व्यक्ति विशेषको नाममा कायम गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले त्रुटिपूर्ण फैसला गरेको अख्तियारको दाबी छ ।

अख्तियारले भनेको छ, ‘ आरोपपत्र बमोजिमको कसूर ठहर भई कसूरदारहरूलाई कैद, जरिवाना र बिगो भराउने समेतको सजाय भइसकेपछि प्रतिवादी मध्येका मञ्जुतारा शाक्य ताम्राकारको नाममा गैरकानूनी रूपमा बनाएको कित्ताको फायल नक्सा, सोही नक्सा बमोजिम कायम प्लट रजिस्टर, जग्गाधनी दर्ता श्रेस्ता र जग्गाधनी दर्ता प्रमाणपूर्जामा रहेको क्षेत्रफल बदर गरी साविक बमोजिमको क्षेत्रफल कायम गर्नेतर्फ फैसलामा केही उल्लेख नगरिएकाले सो हदसम्मको फैसला त्रुटिपूर्ण रहेको ।’

आयोगले साविक बमोजिमको क्षेत्रफल कायम गर्न मागदाबी गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्