२४ जेठ २०८३, आइतबार

छिमेकी राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्छौँ : प्रधानमन्त्री

छिमेकी राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले छिमेकीलगायत मित्रराष्ट्रसँग सन्तुलित र सुमधुर सम्बन्ध राख्ने बताएका छन् । ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’को नीति अनुशरण गर्ने उनको भनाइ थियो । 

नेपाल सरकारका सचिवहरूलाई मंगलवार सामूहिक निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले असंलग्नताको सिद्धान्तमा रहेर सन्तुलित सम्बन्ध बनाउने बताएका हुन् । ‘यो सरकारले छिमेकीलगायत सबै मित्रराष्ट्रहरूसँग असंलग्नताको सिद्धान्तमा रहेर सन्तुलित र सुमधुर सम्बन्ध राख्ने छ । हाम्रो सम्बन्ध सबैसँग मित्रता कसैसँग छैन शत्रुता नै हो’ प्रचण्डले भने, ‘यही नीति अनुसरण र अवलम्बन गर्दै आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय समुदायको सहयोगमा द्विपक्षीय र बहुपक्षीय विकास सहायता परिचालन गर्नुहोस् ।’

प्रधानमन्त्रीको शपथ लिएको एक हप्तापछि प्रचण्डले सरकारका सचिवहरूलाई ३० बुँदे निर्देशन दिएका हुन् । 

प्रचण्डले निर्देशनमा भनेका छन्, ‘नेपालका सरकारी पदाधिकारीहरूले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र विदेशी कूटनीतिक भेटघाट गर्ने र परराष्ट्र मन्त्रालयले यससम्बन्धी आचारसंहिता तयार गर्नुहोला ।’

salt training

कमेन्ट गर्नुहोस्