०३ असार २०८३, बुधबार

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन– परराष्ट्रको जानकारीबेगर विदेशीसँग नभेट्नु

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन– परराष्ट्रको जानकारीबेगर विदेशीसँग नभेट्नु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र विदेशी कूटनीतिज्ञसँग भेट गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । उनले आचारसंहिता तयार गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन् । 

मंगलवार नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिनेक्रममा प्रधानमन्त्रीले नेपालका सरकारी पदाधिकारीले विदेशी भेट्दा परराष्ट्रको स्वीकृति लिनुपर्ने बताएका हुन्  । ‘नेपालका सरकारी पदाधिकारीहरूले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र विदेशी कूटनीतिक भेटघाट गर्ने र परराष्ट्र मन्त्रालयले यस सम्बन्धी आचारसंहिता तयार गर्नुहोला’ प्रचण्डले निर्देशनमा भने । 

यसअघि गृह मन्त्रालयले प्रहरीलाई विदेशीसँग भेट्न रोक लगाएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्