
पाकिस्तानका एक पूर्व सैनिकले सेना र फिल्म हिरोइनहरूका बारेमा गरेको दाबीले हंगामा मच्चिएको छ ।
लन्डनमा बस्ने पूर्व सैन्य अधिकृत मेजर आदिल राजाले पाकिस्तानी सेनाका शीर्ष अधिकारीहरूले राजनीतिक नेताहरूलाई फसाउनका लागि हिरोइनहरूलाई हनीट्य्राप गर्न लगाउने गरेको दाबी गरेका छन् । पूर्व सेनाप्रमुख जनरल कमर जावेद बाजवा र गुप्तचर निकाय आईएसआईका पूर्व प्रमुख फैजले अभिनेत्रीहरूलाई सेफ हाउसमा बोलाउने अनि शारीरिक सम्बन्ध कायम गर्ने गरेको दाबी गरे ।
भिडियो ब्लग बनाएर राजाले अन्य सनसनीपूर्ण दाबी पनि गरेका छन् । आफ्नो फाइदाका लागि पाकिस्तानी सेनाका शीर्ष अधिकारीहरूले देशका मोडलर अभिनेत्रीहरूको दुरुपयोग गर्ने गरेको उनको भनाइ छ । शक्तिशाली पदमा रहेका मानिसकहाँ हिरोइन पठाएर यौनक्रीडाको भिडियो बनाउँदै ब्ल्याकमेल गर्ने गरिएको उनले ठोकुवा गरे ।
उनले अभिनेत्रीहरूको नाम लिएनन् बरू एमएज, एमके र एसए र केके मात्र भने ।
त्यसपछि सामाजिक सञ्जालमा मेहविश हयात, माहिरा खान। सजल अली र कुब्रा खानको नाम लिन थालियो । आलोचना भएपछि आदिल राजाले ती नामहरू पाकिस्तानी मात्र नभई संसारभरिका अभिनेत्री तथा मोडलको हुन सक्ने बताए ।
तर ती अभिनेत्रीका प्रशंसकहरूले आदिलविरुद्ध मानहानिको मुद्दा दायर गर्नुपर्ने बताइरहेका छन् । सजल अलीले आफ्नो चरित्रलाई बदनाम गर्ने कोशिश भएको बताइन् भने कुब्रा खानले आदिल राजाविरुद्ध मुद्दा दायर गर्ने बताइन् ।
पूर्व प्रधानमन्त्री इमरान खानका सेक्स भिडियो लीक भएर हंगामा भइरहेको बेलामा आदिल राजाको यो दाबीले पाकिस्तानमा तहल्का मच्चाइरहेको छ ।
General Bajwa (R) and General Faiz Hameed (R) used to sexually exploit famous models and actors of Pakistan. four names are
— Gul Gee, The Crypto Guru 🌐 (@GulGeeOfficial) December 31, 2022
1- M H. 2- M K. 3- K K. 4- S A.
- Major (Rtd) Adil Rajapic.twitter.com/MP7wHvfAaK