०६ असार २०८३, शनिबार

शीतलहरका कारण विद्यालय बन्द

शीतलहरका कारण विद्यालय बन्द

केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आज (मंगलवार)देखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।

बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न वर्षे बिदामा कटौती हुने गरी नगरपालिकाले बुधवारदेखि शुक्रवारसम्म नगर क्षेत्रका सामुदायिक, संस्थागत, धार्मिक विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए ।

सिरहाको नवराजपुर गाँउपालिकाले अत्यधिक चिसो बढ्न गएको हुनाले विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आजदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि गाउँपालिकाभित्रका सामुदायिक विद्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहले जानकारी दिए । ।

चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयमा बिदा दिने निर्णय भएको उनले बताए । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुसारो परेर अत्यधिक चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ । चिसो बढेपछि सर्वसाधारण बजार, चोक चौराहामा कम देखिएका छन् । चिसोका कारण रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या बढ्दै गएको छ । 

यसैबीच चिसो बढ्दै गएपछि सुरक्षाकर्मीले र स्थानीयतहले जिल्लाका विभिन्न स्थानमा आगो बाल्न दाउरा वितरण गरेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्