०१ साउन २०८३, शुक्रबार

यातायात सेवा सुधारमा सरकारको सकारात्मक पहल

यातायात सेवा सुधारमा सरकारको सकारात्मक पहल

नेपालमा सहजरुपमा सवारी चालक अनुमतिपत्र मुस्किल छ । अनुमतिपत्र पाउनु नै युद्ध जिते जस्तै हुने गरेको छ । सेवाग्राहीले पाउने दुःख भनीसाध्ये छैन । कहिले मेसिनले काम नगरेको, कहिले ‘सिष्टम’ नचलेको भन्दै सेवाग्राहीले पाएको हैरानी भोग्नेलाई मात्र थाहा हुन्छ ।

यातायात व्यवस्था विभागका वरपर भेटिने विचौलियाको राज भनीसाध्यै छैन । सेवाग्राहीले सहजरुपमा सेवा पाउने कुरा पर नै भयो । अनुमतिपत्र पाउनुभन्दा परीक्षामा सहभागी हुन पाउनु नै ठूलो कुरा छ । परीक्षामा उत्तीर्ण भए पनि अनुमतिपत्र लिन कति समय लाग्ने हो, त्यसको कुनै ठेगान छैन । इम्बोस्ड नम्बर प्लेट लिनका लागि उस्तै समस्या छ ।

सवारी साधनको अवस्थाको परीक्षण गर्ने निकायमा उस्तै समस्या भोग्नुपर्छ, सेवाग्राहीले । सरकार भएको अनुभूति नागरिकले कही कतै पनि गर्न पाएका थिएनन् । नयाँ सरकार गठन भएपछि नागरिकको यही समस्या समाधान गर्ने तत्परता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस ११ गते पदभार ग्रहण गर्दै नागरिकले सहजरुपमा सेवा पाउने वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । 

सोही प्रतिबद्धता कार्यान्वयन गर्ने लक्ष्यका साथ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज काठमाडौँ उपत्यकामा रहेका यातायात कार्यालयको अनुगमन गरे। उनले राज्यबाट पाउनुपर्ने सेवा सुविधामा कुनै कमी हुन नहुने बताए । काठमाडौँ उपत्यकामा रहेका विभिन्न यातायात व्यवस्था कार्यालयको आज अनुगमन/निरीक्षणका क्रममा कार्यालय प्रमुखलाई निर्देशन दिँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, “जनताले धेरै दुःख पाएको गुनासो सुनेको छु, जनताले दुःख पाउनुभएन । जनताको हितमा काम गर्नुस् ।”

उनले ४ बजेसम्म हुँदै आएको काम ५ बजेसम्म गर्न, नयाँ अनुमति लिने प्रक्रिया छिटोछरितो प्रक्रियाबाट गर्न निर्देशन पनि दिए । श्रेष्ठले  भने, “गुणस्तरीय सेवामा ‘नो कम्परमाइज’, नियमपूर्वक काम गर्नुस् ।” कार्यालयमा विचौलियाको बिगबिगी भएको गुनासो आएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले विचौलियाको अन्त्य र विचौलियाको चलखेल बन्द गर्न कडा निर्देशन दिए । 

गलत काम गर्ने कर्मचारीलाई कडाभन्दा कडा कारबाही र दण्डित गरिने चेतावनी दिँदै श्रेष्ठले कर्मचारीलाई कर्तव्य र दायित्व भुल्न नहुने बताए । कर्मचारीको मानसम्मान र प्रतिष्ठा बढोस् भन्ने कुरामा आफू सचेत रहेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, “सबै कर्मचारीको सम्मान र प्रतिष्ठा स्थापित गर्न चाहन्छु । राष्ट्रसेवक कर्मचारीले देश जनताको सेवा गर्ने हो । कुनै सेवा सुविधा नपुगे, कर्मचारी अपुग भए वा कुनै समस्या भए मलाई भन्नुस् तर जनतालाई दिने सेवा सुविधामा कुनै कमीकमजोरी नहोस् ।”

उपप्रधानमन्त्री श्रेष्ठले लाइसेन्स कार्यालय ठूलो भ¥याङ र यातायात व्यवस्था कार्यालय (मोसा) गुर्जुधाराको पनि अनुगमन÷निरीक्षण गरे । अनुगमनको क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही र सर्वसाधारणसँग अन्तक्र्रिया गरेका थिए। उनले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीलाई निर्देशन पनि दिए । सेवा दिने समय बढाउन, छिटो छरितो ढङ्गले काम गर्न र अनियमितता, विचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्