×

NMB BANK
NIC ASIA

यातायात सेवा सुधारमा सरकारको सकारात्मक पहल

पुस १९, २०७९

NTC
Premier Steels

नेपालमा सहजरुपमा सवारी चालक अनुमतिपत्र मुस्किल छ । अनुमतिपत्र पाउनु नै युद्ध जिते जस्तै हुने गरेको छ । सेवाग्राहीले पाउने दुःख भनीसाध्ये छैन । कहिले मेसिनले काम नगरेको, कहिले ‘सिष्टम’ नचलेको भन्दै सेवाग्राहीले पाएको हैरानी भोग्नेलाई मात्र थाहा हुन्छ ।

Muktinath Bank

यातायात व्यवस्था विभागका वरपर भेटिने विचौलियाको राज भनीसाध्यै छैन । सेवाग्राहीले सहजरुपमा सेवा पाउने कुरा पर नै भयो । अनुमतिपत्र पाउनुभन्दा परीक्षामा सहभागी हुन पाउनु नै ठूलो कुरा छ । परीक्षामा उत्तीर्ण भए पनि अनुमतिपत्र लिन कति समय लाग्ने हो, त्यसको कुनै ठेगान छैन । इम्बोस्ड नम्बर प्लेट लिनका लागि उस्तै समस्या छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सवारी साधनको अवस्थाको परीक्षण गर्ने निकायमा उस्तै समस्या भोग्नुपर्छ, सेवाग्राहीले । सरकार भएको अनुभूति नागरिकले कही कतै पनि गर्न पाएका थिएनन् । नयाँ सरकार गठन भएपछि नागरिकको यही समस्या समाधान गर्ने तत्परता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस ११ गते पदभार ग्रहण गर्दै नागरिकले सहजरुपमा सेवा पाउने वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

सोही प्रतिबद्धता कार्यान्वयन गर्ने लक्ष्यका साथ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज काठमाडौँ उपत्यकामा रहेका यातायात कार्यालयको अनुगमन गरे। उनले राज्यबाट पाउनुपर्ने सेवा सुविधामा कुनै कमी हुन नहुने बताए । काठमाडौँ उपत्यकामा रहेका विभिन्न यातायात व्यवस्था कार्यालयको आज अनुगमन/निरीक्षणका क्रममा कार्यालय प्रमुखलाई निर्देशन दिँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, “जनताले धेरै दुःख पाएको गुनासो सुनेको छु, जनताले दुःख पाउनुभएन । जनताको हितमा काम गर्नुस् ।”

Vianet communication

उनले ४ बजेसम्म हुँदै आएको काम ५ बजेसम्म गर्न, नयाँ अनुमति लिने प्रक्रिया छिटोछरितो प्रक्रियाबाट गर्न निर्देशन पनि दिए । श्रेष्ठले  भने, “गुणस्तरीय सेवामा ‘नो कम्परमाइज’, नियमपूर्वक काम गर्नुस् ।” कार्यालयमा विचौलियाको बिगबिगी भएको गुनासो आएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले विचौलियाको अन्त्य र विचौलियाको चलखेल बन्द गर्न कडा निर्देशन दिए । 

गलत काम गर्ने कर्मचारीलाई कडाभन्दा कडा कारबाही र दण्डित गरिने चेतावनी दिँदै श्रेष्ठले कर्मचारीलाई कर्तव्य र दायित्व भुल्न नहुने बताए । कर्मचारीको मानसम्मान र प्रतिष्ठा बढोस् भन्ने कुरामा आफू सचेत रहेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, “सबै कर्मचारीको सम्मान र प्रतिष्ठा स्थापित गर्न चाहन्छु । राष्ट्रसेवक कर्मचारीले देश जनताको सेवा गर्ने हो । कुनै सेवा सुविधा नपुगे, कर्मचारी अपुग भए वा कुनै समस्या भए मलाई भन्नुस् तर जनतालाई दिने सेवा सुविधामा कुनै कमीकमजोरी नहोस् ।”

उपप्रधानमन्त्री श्रेष्ठले लाइसेन्स कार्यालय ठूलो भ¥याङ र यातायात व्यवस्था कार्यालय (मोसा) गुर्जुधाराको पनि अनुगमन÷निरीक्षण गरे । अनुगमनको क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही र सर्वसाधारणसँग अन्तक्र्रिया गरेका थिए। उनले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीलाई निर्देशन पनि दिए । सेवा दिने समय बढाउन, छिटो छरितो ढङ्गले काम गर्न र अनियमितता, विचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x