१३ असार २०८३, शनिबार

कठ्याङ्ग्रिँदो जाडो भएसँगै बस्तीमा नेपाली सेना

कठ्याङ्ग्रिँदो जाडो भएसँगै बस्तीमा नेपाली सेना

महोत्तरीमा अचानक जाडो बढेपछि नेपाली सेनाले सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित मुसहर र बिन बस्तीमा सहयोग गरेको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले सो बस्तीका एक सय ७५ घरधुरी लाभान्वित हुने गरी ३० स्थानमा एक हजार दुई सय किलोग्राम दाउरा बालेर न्यानो बाँड्ने काम गरेको प्रमुख सेनानी उत्तम कटवालले बताए । 

त्यस्तै नेपाली सेनाको टोलीले ती बस्तीका चार सय व्यक्तिलाई कठ्याङ्ग्रिँदो जाडो भइरहेको बेला तातोपानी र चिया पिलाएर बस्तीका व्यक्तिलाई न्यानो पार्ने काम गरेको छ । नेपाली सेनाले कठ्याङ्ग्रिँदै गरेको बस्तीमा न्यानो बाँडेपछि ती बस्तीका बासिन्दा खुसी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्