२३ जेठ २०८३, शनिबार

सडक दुर्घटनामा दुईको मृत्यु

सडक दुर्घटनामा दुईको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिका ३ झिल्मिले पुलस्थित मेची राजमार्गमा भएको सवारी दुर्घटनामा योसन लिम्बुको मृत्यु भएको छ । 

को २० प ३२७८ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ त ९७९७ नम्बरको ट्याक्टर एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका वडा नं. ८ का २१ वर्षीय लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

मोटरसाइकल पछाडि सवार मोरङ बेलबारी नगरपालिका वडा नं. ४ का अन्दाजी १७ वर्षीया लिला श्रेष्ठ र लिम्बु घाइते भएर उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । लिम्बुको उपचारको क्रममा मृत्यू भएको थियो ।  

सोहीअनुसार ट्याक्टर चालक इलाम रोङ गाउँपालिका वडा नं. ४ का ३३ वर्षीय डिल्लीबहादुर लेप्चा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

झापाको मेचीनगर नगरपालिका २ त्रिमार्ग चोकमा अटोको ठक्करबाट मंगलबार थप एक जना पैदल यात्रीको मृत्यु भएको छ । सडकमा हिडिरहेको मे १ ह ७१५३ नम्बरको अटोले पैदलयात्री ६० वर्षीय रविलाल दनुवारलाई ठक्कर दिएर घाइते बनाएको थियो । घाइते दनुवारको उपचारको क्रममा बी एण्ड सी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

ठक्कर दिने अटो चालक ४० वर्षीय भुपाल बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्