
नुवाकोटको विदुर नगरपालिकामा खानेपानी उपलब्ध गराउँदै आएको ‘विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता सँस्था’ मार्फत निर्माण गरेको ट्याङ्कीमा पानी पठाउनु अघि शुद्धिकरण ट्याङ्कीमा जम्मा भएको पानीको अवलोकन गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र अध्यक्ष सञ्जिव श्रेष्ठ । उक्त खानेपानी सँस्थाले रु ९६ करोड लगानीमा निर्माण गरेको संरचनामार्फत यहाँका चार हजार भन्दाबढी घरधुरीलाई पानी उपलब्ध गराइएको छ । तस्बिर : रामहरि न्यौपाने, रासस