१४ असार २०८३, आइतबार

अम्रिकनो कफी खाएर सरकार बनाउने छलफलमा जुटे नेता

अम्रिकनो कफी खाएर सरकार बनाउने छलफलमा जुटे नेता

प्रदेश १ का मुख्यमन्त्री दाबेदार दुई नेता कफी खाएर सरकार बनाउने छलफलमा जुटेका छन । मंगलवारदेखि औपचारिक रूपमा सरकार बनाउन उनीहरू छलफलमा जुटेका हुन । 

केन्द्रीय गठबन्धनले टुंगो नलगाए पनि उनीहरू आन्तरिक छलफलमा जुटेका छन् । नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतबहादुर कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङवोले विराटनगरको बिग होटेल बिराटनगरमा कफी खाएर केन्द्रको निर्णय मानेर एकले अर्कालाई सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।

‘चिनीविनाको दूध लगाएको क्याप चिनो हिक्मतजिले खानुभयो भने मैले दूध नलगाएको अम्रिकनो कफी खाएँ’ माओवादी केन्द्र संसदीय दलको नेता इन्द्र आङवोले भने, ‘दुवै जनाले कफी खाएर जसको नेतृत्वमा सरकार बने पनि सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनायौं ।’ 

नेकपा फुटेपछि उनीहरू छुट्टै भेट भएर गफ गरेका थिएनन् । उनीहरूबीच फोन संवाद भने हुनेगरेको थियो । केन्द्रमा नेकपा फुटेपछि नेताहरूको बोलचाल बन्द भए पनि प्रदेशमा सबै नेतासँग सम्बन्ध राम्रो रहेको आङवोले बताए । चुनाव जितेपछि तथा संसदीय दलको नेता छानिएपछि दुवै जनाले बधाई साटासाट गरेका थिए । प्रदेश सभाको अघिल्लो बैठकमा दुवै जना एक अर्काका विरोधी देखिन्थे ।  

‘मुख्यमन्त्री, सभामुख र उपसभामुखको टुङ्गो सत्ता गठबन्धनको केन्द्रीय नेतृत्वले लगाउनेछ । प्रदेशका मन्त्रीहरूको हामीले यही बाट टुग्याछौ,’ नेता आङवोले भने ‘केन्द्रको निर्णय पर्खियौ तर केन्द्रको निर्णय आउँदासम्म  हामीले गर्ने तयारी गर्नेगरी छलफल भयो ।’

करिब २ घण्टाको छलफलमा दुई नेताहरूले मन्त्रालयको संख्या घटाउने विषयमा समेत छलफल गरेको जनाए । प्रदेश १ मा १३ वटा मन्त्रालय रहेका छन । ‘केन्द्रबाट पनि सबै प्रदेशमा मन्त्रालयको संख्या एकरूपता बनाऔ भन्ने दबाब छ’ एमाले संसदीय दलका नेता  कार्कीले भने, ‘धेरै मन्त्रालय हुँदा जनताबाट विरोध आएकाले घटाउनुपर्छ भनेर लागेका छौँ ।’ तर मन्त्रलय घटाउन भने अहिलेको सत्ता गठबन्धनलाई चुनौती छ । गठबन्धनमा भएकामध्ये आधा सांसद मन्त्रीका आकांक्षी छन् । 

नयाँ सरकार बनाउनका लागि दुई दिनभित्रमा प्रदेश प्रमुखकहाँ जाने समेत उनले बताए । प्रदेश प्रमुख परशुराम खापुङले यही २४ गते आइतवार साँझ ५ बजे भित्रमा सरकारमा दाबी पेस गर्न आह्वान गरिसेका छन् । 

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पु¥याएर आउन भनेपछि सत्ता गठबन्धनका दुई नेताहरू काठमाडौँको निर्णय कुरेर बसेका छन् । ‘प्रदेश प्रमुखले दोस्रो पटक सरकार आह्वानको सूचना जारी गर्नु पर्दैन,’ नेता कार्कीले भने, ‘यसका लागी हामि तयारी अवस्थामा छौँ ।’ 

९३ सांसद रहेको प्रदेश १ मा सरकार बनाउनका लागि ४७ सांसद आवश्यक पर्छ । तर अहिलेको सत्ता गठबन्धनका सांसदको सख्या जोड्दा ६० पुग्छ । एमालेसँग ४० सांसद छन भने माओवादी केन्द्रसँग १३ सांसद छन् । 

राप्रपा ६ र जसपाका १ सांसदको समर्थन पनि सत्ता गठबन्धनमा रहेको छ । प्रदेशस्तरका नेताहरू पनि एकीकृत समाजवादीलाई सरकारमा ल्याउनु पर्नेमा जोड दिइरहेका छन । ४ सांसद नेकपा एसका छन । प्रदेशको नामकरण गर्नका लागि दुई तिहाइ बनाउन एमालेले सत्ता गठबन्धनमा एसलाई सहभागी गराउन चाहेको एमालेकै नेताहरू बताउँछन् । काँग्रेससँग २९ सांसद, नेकपा एकीकृत समाजवादीसँग ४ सांसद छन् । 

salt training

कमेन्ट गर्नुहोस्