१२ असार २०८३, शुक्रबार

छोरीको जन्मदिनको भोज काटेर अष्ट्रेलियाबाट बाढीपीडितलाई २ लाख ४४ हजार सहयोग

कात्तिक २०, २०७४
छोरीको जन्मदिनको भोज काटेर अष्ट्रेलियाबाट बाढीपीडितलाई २ लाख ४४ हजार सहयोग

काठमाडौं, १ भदौ– बाढी पहिरो पीडितको सहयोगका लागि अस्ट्रेलिया निवासी नेपालीले २ लाख ४४ हजार आर्थिक सहयोग गरेका छन् ।

छोरीको जन्मदिन र छोराको ग्रयाजुएटको अवसरमा गर्न लागिएको भोजलाई स्थगन गरि उक्त रकम तराईका बाढीपीडितको सहयोगका लागि पठाउने भएका हुन् ।

लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका संयोजक इन्जिनियर रामकुमार श्रेष्ठ एबं दिदी–बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष प्रभादेवी श्रेष्ठले  छोरी पूजा श्रेष्ठको अठारौं जन्मदिन र छोरा पुरक श्रेष्ठले ग्रयाजुयट गरेको अबसरमा आयोजना गर्न लागिएको भोज रद्द गर्दै तीन हजार अस्ट्रेलियन डलर (२ लाख ४४ हजार) बाढी पीडितहरुको सहयोगार्थ उपलब्ध गराउने निर्णय गरेका हुन् ।

उक्त रकम धुर्मुस–सुन्तली फाउण्डेशन मार्फत पठाइने श्रेष्ठले जनाए ।

salt training

कमेन्ट गर्नुहोस्