
माओवादीबाट विद्रोह गरी स्वतन्त्र चुनाव लडेका लुम्बिनी प्रदेशका सांसद दीपेन्द्र पुन माओवादी केन्द्रमै फर्किएका छन् ।
रोल्पा १ (ख)बाट चुनाव जितेका स्वतन्त्र सांसद पुनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार पार्टीमा स्वागत गरेका हुन् ।
चुनावी तालमेल गर्दा कांग्रेसलाई समर्थन गर्ने निर्णयविरुद्ध पुनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
माओवादी उपमहासचिव वर्षमान पुन दीपेन्द्रलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
पुनले पुस १० गते पार्टी कार्यालयमा आत्मालोचना पत्र दर्ता गरेका छन् ।