०९ साउन २०८३, शनिबार

अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको पछिल्लो अर्थतन्त्रको बारेमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग आज छलफल गरेका छन् ।

सो क्रममा अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा प्रधानमन्त्रीले चासो राखेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए । 

छलफलका क्रममा प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक रहेको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्