०१ साउन २०८३, शुक्रबार

लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो

लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो
प्रतिकात्मक तस्वीर

तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ ।

मौसममा आएको खराबीका कारण पुस १४ गते यता उडान रहेको र मौसममा सुधार आएसँगै अहिले लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

तेन्जिङ हिलारी विमानस्थलबाट अहिले दैनिक ७ भन्दा बढी उडान भइरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको जनाइएको छ । 

प्राधिकरण प्रमुख महेश श्रेष्ठका अनुसार काठमाडौं तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिएर आउने गरेका छन् । ती विमानले फर्किंदा लुक्लाबाट यात्रु लिएर जाने गरेका छन् । चिसो अत्यधिक बढेकाले चिसो छल्न खुम्बु छाड्नेको संख्या बढेसँगै फर्किने यात्रुको चाप अधिक भएको हो । 

त्यसका कारण एयरलाइन्सहरूका टिकट काउन्टरमा पनि यात्रुको चाप अधिक रहेको प्रमुख श्रेष्ठले बताए । मौसममा सुधार भएसँगै सोमवारदेखि नियमित उडान भइरहेको प्राधिकरणले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्