२६ असार २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले गरे सिंहदरबारका संरचनाको अवलोकन

प्रधानमन्त्री प्रचण्डले गरे सिंहदरबारका संरचनाको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौं तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निरीक्षण तथा अवलोकन गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भवनको छतमा पुगेर सिंहदरबारस्थित अन्य भवन तथा संरचनाको समेत अवलोकन गरेका छन् ।

मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिरकल्पना गरिएका संरचनाबारे विस्तृत जानकारी दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्