×

NMB BANK
NIC ASIA

मूलधार

गाँजाको कथा : पाकगोठाला पृथ्वीवीर बाजे र बुकीको त्यो बास

पुस २०, २०७९

NTC
Sarbottam
पृष्ठभूमिमा ढोरपाटन उपत्यकाको नवी/स्यालपाख्य गाउँ । तश्वीर सौजन्य: ढोरपाटन पोस्ट
Premier Steels
Marvel

बिहान आरीबाट खन्याएसरी मुसलधारे झरी पर्‍यो । बिहानको पानीले कुहिरो पूरै पन्छाएको छ । यतिखेर आकाश निख्खर निलो छ, आकाशमा सियो भएको भए पनि देखिएला जस्तो । बुकीको यो अग्लो फाँट, चिसो सिरेटो । फाँटैभरी छपक्कै पहेंलो बुकीको फूल । मगमग बास्ना । उत्तरतिरको धवालगिरि पनि तलै देखिन्छ । पूर्वतिरको डाँडा अलिक हरियो छ, जंगल भएकाले । पश्चिमतिर त्यहाँदेखि उता संसार छैन जस्तो ठूला चट्टानको पहाड । त्यहाँदेखि उता हुम्लादेखि जुम्लासम्म जाने बाटो छ, जहाँबाट हाम्रा पुर्खा आए ।

Muktinath Bank

आकाशै छुन खोजेसरी चील नाचिरहेको छ । चिरचिर आवज ती आकाश चुम्न खोजेका चीलहरूका हुन् । टुप्पो सुकेका, ठिङ्ग आग्लो, ठूलो फेद भएका एउटा–दुईटा बाँकी छन् भुङ्गका रूख । औसतभन्दा अलिक ठूला देखिने काग । त्यही सुकेका भुङ्गका टुप्पामा बसेर कराउने कागले आवाज फरक निकाल्छन् । का..का.. गर्नभन्दा विस्तारै क्वाँ..क्वाँ.. को अलिक ठूलो आवाज सुनिन्छ । लेकमा काग यस्तै स्वर निकाल्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्युझिँदा घामको छायाँमा म पुड्को देखिएको थिएँ । ‘दिउँसो मध्याह्न भयो भने आफ्नो छायाँ पुड्को देखिन्छ भनेर बुझ्नु’, पुर्खाले सिकाएको घडीपला हेर्ने आइडिया हो भनेर बाजेले भन्नुभएको थियो । घाम हेर्दा चर्कै थियो । तर, सिरेटोले घामको रापबाट आउने न्यानोपनको महसूस थिएन । अलिक पर डाँडामा गएर एईईई...एईईई गरेर कुर्लें । तल गहिरामा पाका कुकुरलाई लगाइदिएको घाँडो खर्ररर गरेको आवाज आयो । गोठालोका स्वर सुनेपछि भेडा हेरिरहेको मूल कुकुरले जनाउ दिन घाँडो हल्लाएर संकेत गर्छ ।


Advertisment
Nabil box
Kumari

बिहान मुटु एकनासले दुखेको थियो । पेट फुलिएर ठूलो बाजाजस्तो भएको थियो । बिहानको झरीले भिजाएपछिको नाजुक अवस्था थियो त्यो । ब्युझिँदा जिउ हलुंगो भएको महसूस गरें ।

Vianet communication
Laxmi Bank

म कसरी सञ्चो भएँ ? यसमा बाजेको भूमिका रह्यो । बाजेले बासा (छोरा मान्छेले साथमा राख्ने झोली)बाट झिकेर के हो हातले मिचेर दिनुभयो । मनतातो पानीमा घोलेर खा भन्नुभएको थियो । घोलेर एकै मुखमा स्वाट्ट पिएँ । कतिबेला निद्राले झ्याप्प छोप्यो थाहा पाइनँ । उठ्दाबित्तिकै म आफैंलाई नै ठुस्स गन्हाउने गरी डकार आयो । केहीबेरमा पेट गुडुडु करायो । पाखा बसेपछि पेट पूरै खाली भएको महसूस गरें ।

बाजेको बिग्रेको सपना र गाँजाको कथा 

‘सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला...’ कथा यहीँदेखि शुरू हुन्छ । ठ्याक्कै तिथि मिति, गते, घडीपला मिल्दैनन् । समाजका कथा यसरी नै बुनिएका छन् । जो सत्य जस्तो लाग्ने, भोगे जस्तो लाग्ने । पात्र फेरिँदै जान्छन् । सुनिएकाले ‘सुनकै माला’ गाँसिए जस्तो अनुभूति गरिने कथाहरू यत्रतत्र छन् । 

कथा आजभन्दा करीब ४ सय वर्षअघिको हो । माथि नाङ्गा डाँडा तल घनोघोर जंगल । यो ठाउँ ढोरपाटन उपत्यका माथिको बुकी क्षेत्र हो । १ हजार बढी भेडा/भेडीको हुल थियो । भेडीगोठ जंगलमा राख्ने अवस्था थिएन । बाघको गर्जनले वनै थर्किएको थियो । गोठाले भोटे कुकुर कम थिए । एउटा बाघलाई छेक्न कम्तीमा तीन बलिया वैंशका भोटे कुकुर चाहिने । भोटबाट लिएको नुन कम थियो । औलमा अघिल्लो वर्ष लगाएका जौ, उवा बाँदर र चराले सखाप पारेको थियो । त्यसको असर यो वर्ष छिटो औल झार्नु पर्ने थियो भेडी गोठ ।

तल बस्तीमा झरेपछि नुन र अन्न जोहो गर्न सकिने धुनमा हुनुहुन्थ्यो बाजे पृथ्वीवीर बुढाथोकी । बाजे पृथ्वीवीर पाको गोठाला हुनुहुन्छ । भदौको आधाउधीको मौसम हो यतिबेला । अकाश खुल्दै गरेको, भदौरे चर्को घाम छ । भदौरे मकै पकाउने घाम भन्ने चलन नै छ । औलमा मकैका जुँगा काला हुने समय । भेडाको सुकुटी पाँच जावी (पुवा, भाङबाट जाली बनाएर बुनिएको झोला) । पाक्गोठाला बाजे (सबै भेडा/भेडी चिन्न सक्ने पाका गोठालो)लाई हतारो छ औल झर्न । तल्लो थरीमा बुवा जंगवीरले १५ वटा भैंसी लिएर गोठ राख्नुभएको थियो । उहाँले भैंसी गोठ औल झारी सकेको थाहा भयो गोठथरी हेर्दा ।

एकैपटक ५० भेडी ब्याएर पाठापाठी स्याहारसुसार गर्न भ्याईनभ्याई भयो । बल्लबल्ल दुई दिनमा यो जंगल छिचोलियो । लेकको अलिक भिरालो भू–भागमा आइपुगेका थियौं । पहेँलै बुकी, सिरसिर भदौरे हावा । जंगलबीचबाट जब यो खाली भू–भाग आइपुगे भेडा/भेडीको बथान । बैंसका साँढ फनक्क घुमेका सिङ्गले ड्याम्म..ड्याम्म होचा धुपी सल्लाको बोटमा सिंगौरी खेले । यो अन्य बैंसका साँढलाई जुध्नका लागि आह्वान गरिएको संकेत हो । 

आजको बास तल्लो खर्क (भेडाको बथान राख्ने थलो) यही हो । भेडा/भेडी जम्मा भइसकेका थिए । दाबे (खुकुरी)को दापबाट उलिन (सानो फलममा बिंड हालिएको) झिक्नुभयो बाजेले । बासाबाट झुलोको टुक्रा र दल्छिन ढुंगा निकाल्नु भयो । बायाँ हातमा दल्छिन ढुंगा र झुलोलाई बुढी औंलाले च्याप्प समाउनु भयो । दायाँ हातले उलिनलाई छ्यास्स..छ्यास्स गराउनुभयो चार पटकसम्म । झुलोमा पुटपुट धुवाँ निस्कियो । जब, झुलोको झुम्रामा धूँवा निस्क्यो बाजे फ्यास्स हाँस्नुभयो आगो निस्किएको खुशीमा । 

हाँस्दा काँचोपातका (सुर्तीको कच्चा पदार्थ) हरिया लेउ लागेका दाँत देखाउनु भयो । त्यहीबेला बाजेको मुखमा र्‍याल निस्क्यो । मुखको र्‍याल पुच्छदै पिचिक्क थुक्न भयो । झुलोमा सल्किँदै गएको आगो सुकेका चोया (निङ्गलाको भाङ्ङो)मा फुफु गर्दै फुकेपछि हुर्रर बल्यो । धुपी र ठिङ्के सल्लाको सुकेका खोटोसँगको दाउरामा आगो हुरहुरी बल्यो । बाजेले दाउरा ठोसठास पारेपछि केही भोप्रा (आगो सल्किएको कोइला) च्याप्टो ढुंगामा राख्नुभयो । जाबीबाट सुकेको धुपी, थान र आलम धजा झिक्नु भयो । 

‘लौ देवीदेवता, महादेव, कुलदेव, वन दोउता झाँक्री, ढोरबराह, जलजला, नौ बहिनी देउतिनी रक्षा गर’, पाक्गोठलाले भेडाको उनले बुनेको टोपी झिकेर आँखा चिम्म गरेर आफ्ना माग राख्दै भेडीको बिगौतीसँगै भिरालो कान्लामा धजा राखेर भोप्रामा धुपीले धूँवार्नु भयो । धूँवारेपछि एक मिनेट जति आँखा नखोली गुनगुनाउँदै दश औंला जोडेर चारै दिशा घुम्नुभयो बाजे । 

साँझ झमक्कै हुन लाग्यो । खोल्साखोल्सीतिर झ्याउँकिरी कराउन शुरू गरिसकेको थियो । १७/१८ वर्ष मेरो चढ्दो बैंस । बल परान मेरै हो । ठूलो ठेकी जाबी र हातमा साना ठेकी लिएर पानीको मुहानतिर लागें । मुलमा पानी साह्रै सानो रहेछ । ठेकीहरू भरिन ढिलै भयो । पानी लिएर आएँ । धेरै भएकाले बिसाउने बेला । आजको सफा आकाश । साँझ घाम डुब्ने बेला राता, गाढा पहेँला धर्सा आकाशमा देखियो, जब मैले जाबी बिसाउँदा माथि हेरेँ ।

तीनतिर भोटे कुकुर भुक्न शुरू गरे । मुख्य भागमा आगो देखेपछि बाघ, स्याल, ब्याँसो आउँदैनन् । नुनको दुई ढिका बाँकी रहेछ । मेरो नाम कालचक्रे । ‘ए कालचक्रे भोलि पुछार खर्कमा पुगिन्छ । त्यहाँ खानी खन्न खनेलहरू कोही न कोही आएका होलान् । आज एउटा ढिका नुन राखेर अस्तिको मासु आलै छ, पका । बिगौती खाएपछि पुग्छ । पाँच जोडी जुम्ल्याहा जन्मिएका थिए । दुईवटा पाठा मरेका छन्, दुध फाटेको छ, कुकुरहरूलाई त्यही दिए पुग्छ’, बाजेले साँझको खानपिनको जोहो गर्न अह्राउनु भयो ।

पूर्णिमा आउन चारदिन बाँकी थियो । जुनको पूर्ण आकार आउन थोरै बाँकी थियो । खुला आकाश भएकाले जुनको प्रकाश निकै तहतह थियो । कुकुरहरू भुकिरहेकै थिए । ‘ओ हो, के यस्तो नराम्रो सपना देखियो ? ओई काले पानी ले त’, बाजेको सपना बिग्रिएपछि ब्युँझिएर मलाई तर्साउनु भयो । दिउँसो सुतेकाले मलाई त्यति साह्रो मीठो निद्राचाहिँ लागेको थिएन । सपना बिग्रेको देखेपछि सानो ठेकीमा चिसिएको पानी आधा पिउनुभयो बाजेले । यसो आकाशतिर हेर्दा भरिन बाँकी जुन जलजलाको धुरीको सिधा परेको थियो । 

‘के सपना देख्नुभयो त्यस्तो, सुत्न पनि नदिने ?’, बाजेलाई सोधें ।

सपनाको बेलिबिस्तार शुरू गर्नुभयो बाजेले- ‘लामो कपाल भएको डरलाग्दो ठूलो मान्छे आयो । ऊ नाच्न थाल्यो । हाम्रा भेडाहरू पनि उसकै पछि कराउँदै गए । मैले जति गर्दा पनि भेडाहरू रोकिएनन् । कुकुरहरू पनि भुकेनन् । भोलि गोठ औल पुर्‍याउनु छ । आज यस्तो डर लाग्ने सपनाको लक्षण राम्रो होइन । देवी देउतालाई राम्रैसँग सम्झेर धजा, बिगौती चढाएकै हो । के रिसाए ? पहिले बाजेले भेडा गोठथरी छोडेर गएको सपनामा देखे ठूलो नोक्सान हुन्छ भन्थे । आज ठ्याक्कै उस्तै भयो । तँलाई बिहान बिगार पारेको पनि देउता बिग्रेरै रहेछ जस्तो लाग्यो ।’

पाँच चिलिम कंकड तान्नुभयो बाजेले । निदाउन सक्नुभएन । जुरुक्क उठेर जाबीबाट कालो के हो झिकेर मिच्नुभयो । बिहान मलाई पानीमा मिसाएर खा भनेको त्यसैको टुक्रो थियो । थोरै भुसासँग मिसाएर हातमा मोल्नु भयो र चिलिममा भर्नुभयो । भोप्रा ठाँस्ठोस् पारेर सल्काउनुभयो चिलिम । 

आँखाबाट आँसु आउनेगरी पिरो धूँवा निस्क्यो चिलिमबाट । 

‘बाजे के हो यस्तो धूँवाले त आँसु आयो त ?’

‘बिहान तैंले यही नखाको भा मर्ने थिइस्, जाँठ्या नकरा ।’

‘के हो त बाजे ?’

‘उहिले महादेउ (मध्यपहाडी झाँक्रीहरूले मान्ने देउताको प्रतीक), ऋषिहरूले खाएको ओक्टो (औषधी) हो । यसले निद्रा पनि लगाउँछ । खोकी, ज्वरो, पेट फुल्ने, मुटु खाने सबै ठीक गर्छ । भाङ, गाँजा हो । अब, यसपालि तल झरेर अलि धेरै बनाउने हो ।’

‘बाजे यो खान कसले सिकाएको हो ?’

‘हाम्रो पुर्खाको कहानी सुन अब !’

‘उहिले भारतमा हून–उत्पात ४५० ईस्वीदेखि ५५० सम्म चल्छ र त्यसबाट गुप्त–साम्राज्यको नशा र साना राज्यहरूको उदय हुन्छ । यसपछि ईस्वी ६०६ देखि ६४७ सम्म कन्नौजमा हर्षबर्धनको रामराज्य चल्छ । हिन्दु र बौद्ध दुवैको धर्म मान्ने यी सम्राटको राज्यकालमा कन्नौजको ठूलो उन्नति भएर जान्छ । कन्नौजको उन्नतिले सिञ्जाको उन्नतिलाई सघाउ पुर्‍याउँछ । सिञ्जा भन्ने तँलाई थाहा छैन । माथि डाँडबाट पश्चिमतिर हेर्दा अग्लो चट्टानको पहाड जुम्ला–हुम्ला हो । हाम्रो पुर्खा त्यहीँबाट आएका हुन् । तीर्थयात्री र व्यापारीको दलले सिञ्जा ढाक्दछ । सिञ्जा जाने मुख्य तीन शहर बाटाहरू खुल्छन् । सुर्खेत, दुल्लु भएर सिञ्जा जाने । कुमाउँ कार्तकीयपुर भएर सिञ्जा जाने तथा पोखरा पर्वत ढोरपाटन यही बाटो भएर सिञ्जा जाने ।’

‘बाजे हामी यहाँ कहाँबाट आएऔं त ?’

‘न करा न भन्दैछु ।’

‘अझ कुरा सुन । सिञ्जाको पूर्वी दिशातिर फर्कौं । खारी प्रदेशको मुकाम ताक्लाकोटमा बसेका राजा नागराजले सिञ्जापति धीरपाललाई पूर्वतिर पन्छाएर सीमा खाली गरेछन्, कारण सबै आम्दानीको स्रोत पूर्वतिर थियो । पूर्व भनेको थाहा छ तँलाई ? हाम्रो पुर्खा पश्चिम सिञ्जा । हामी भएको ठामलाई पूर्व भन्छ मोरा, कुरा राम्ररी बुझ । भोट, भारत र पहाड तीन क्षेत्रलाई पायक पर्ने क्षेत्र सिञ्जादेखि पूर्व हो । भेरीपूर्वका राज्यहरूमा सबै मगर भुरेटाकुरे राजा थिए । भोटको नुन, ऊन र सुनको जोहका लागि मगर राजाहरू पालराज्यसँग लोभिए । भाँगो–गाँजाको रेसा, पुवा (अल्लो), ऊनबाट बुनेको हर्डुला लगाइन्छ नि हो त्यहीबेला देखि हो । चैतमा यी भेडाको उनबाट काम्लो, कम्मल, हर्डुला बुन्ने हो । तल रिडीमा माघेसंक्रान्तिमा बेच्न लाने हो । भांगो–गाँजा कात्तिकमा निकाल्ने हो । वैशाखमा भिजाएर रेसा निकाल्ने हो । पुवा कात्तिक–मंसिरमा शीतले काँडा मारेपछि रेसा झिक्ने हो । हामीले लगाएको कछाड, गाडा यही हो ।’

‘अनि बाजे हजुरले खाएको यो पिरो धूँवा आउने गाँजाको कुरा भन्नु न ।’

‘कति हल्ला गर्छस्, सुन न अझै ।’

‘उहीले यो पृथ्वीलोक उत्पत्ति भएपछि... (नातिले कुरा काट्दै) 

‘बाजे हजुरका नाउ किन पृथ्वी भयो होला है ?’

‘न करा न जाँठ्या ! सुन, उहिले वैदिक ऋषिहरू सोमपान गर्थे । यो भुंजवत पर्वतमा हुने एक किसिमको लहरा थियो । पर्वतमाला भनेर यही हामी बसेको वरपरलाई भन्छ । त्यो लहरालाई कुटेर दूधसँग मिलाएकोलाई गवाशीर भन्दथे । यो पान गरेपछि शरीरमा विचित्र स्फूर्ति, उत्साह, उमङ्गको सञ्चार हुन्थ्यो । मनमा मोहक मस्ती दिनुका साथै सर्‍याई र उत्साहको वृद्धि हुन्थ्यो । यो अस्वस्थ्यकर र विवेकहीन स्थिति ल्याउने पेय होइन । यही सोमलाई भाङ भनिएको हो ।’

‘अझै सुन धेरै हल्ला नगर । अब, बिहान पनि हुनेबेला भयो । उहिले लेखिएको ऋग्वेदमा इन्द्र र अग्निका स्तुतिमा भनिएका मन्त्रभन्दा सोमका मन्त्रहरू धेरै छन् रे । तेरो जेठा पोघे (ठूला बुवा) झाँक्रीले देउता आउँदा पनि यी सबै भन्छ । एकथरी मान्छे उत्पत्ति भएको ठाउँ सिन्धु घाँटी तक्षशिलामा आचार्य बाहुनहरूको घरमा ‘कपिसा अंगुरको रक्सी’ पाइन्थ्यो भनेर सिञ्जा आएका एक आचार्यले भनेको भनेर हाम्रा बाजेहरूले भन्थे । अंगुर यहाँ पानी लहरा (पानी लहरा पहाडको ओसेपमा पाइने एक लहरा हो । अंगुरका दानाझैं असोजमा पाक्छ र स्वाद पनि मिल्छ) असोजमा पाक्छ नि खुब गुलियो त्यस्तै हुन्छ रे । बाजेले भनेको । त्यति मात्रै कहाँ हो र ? उहाँ सात समुद्र छेउ इरान भन्ने ठाउँमा पनि गाँजा–भाङ खाने चलन छ रे । भाङमा मस्तीको गुण भएकाले इरानीहरू पनि ‘होम’ भनेर सेवन गर्छन् रे ।’

‘बाजे फेरि भन्नुहोला, सुतेँ म त ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x