
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कार्यकारी अध्यक्षमा प्राध्यापक, वरिष्ठ पत्रकार तथा अधिकारकर्मी डा. कुन्दन अर्याल निर्वाचित भएका छन् । बुधबार भएको इन्सेकको २६ औं साधारणसभाले डा. अर्याललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
तीन वर्षे कार्यकालका लागि निर्वाचित कार्य समितिका सदस्यमा लता प्याकुरेल, गीता बराल, ज्योति बानियाँ, रघुनाथ अधिकारी, रुद्रबहादुर चर्मकार र नरनाथ लुइँटेल रहेका छन् । मानवअधिकार क्षेत्रको पैरवी गर्ने काममा सक्रिय संस्था इन्सेकको पदाधिकारीका लागि आगामी बैठकले तय गर्ने इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।