२० असार २०८३, शनिबार

८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक

८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५ लफ्याङका ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको छ । महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत लफ्याङका ५० वृद्धवृद्धालाई बुधबार जाडोमा ओढ्ने फाइबरको सिरक उपलब्ध गराइएको हो । 

जिल्लामा अत्यधिक चिसो बढेकाले जाडो छल्न वृद्धवृद्धालाई फाइबरको सिरक प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले बताए । महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत रु एक लाख ५० हजार बराबरको सिरक प्रदान गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्