२४ जेठ २०८३, आइतबार

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते अपराह्न ४ बजेसम्ममा मुख्यमन्त्री पदमा दाबी पेश गर्न समय दिएका छन् ।

बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै शर्माले आगामी सोमवार अपराह्न ४ बजेसम्ममा मुख्यमन्त्री चयन गरिसक्न आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा १ अनुसार कुनै दलको प्रष्ट बहुमत नआएको २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गर्न १६८ (२) अनुसार उनले समय दिएका हुन् । 

११० सदस्यीय बागमती प्रदेश सभामा ३७ सिटसहित कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा छ तर केन्द्रीय सत्तारुढ गठबन्धन दलले सहजै बहुमत जुटाउने अवस्था छ । कांग्रेसलाई बहुमत जुटाउन २० अरु सिट आवश्यक पर्छ । सत्तारुढ राप्रपासहित नेकपा एसले समर्थन गरे मात्रै कांग्रेसले बहुमत जुटाउन सक्छ तर यो कठिन छ ।

११० मध्ये ५६ सांसदको संख्या पुर्‍याएपछि मुख्यमन्त्रीमा दाबी गर्न मिल्छ ।

सत्ता गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एसका ७ जना, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । 

सत्ता गठबन्धनबाट माओवादीका शालिकराम जमकट्टेल, एमालेका जगन्नाथ थपलिया र राप्रपाका उद्धव थापा मुख्यमन्त्रीका मुख्य दाबेदार छन् ।

salt training

कमेन्ट गर्नुहोस्