१० साउन २०८३, आइतबार

द कपिल शर्मा शो : सिद्धु रिसाएपनि उनको कुर्सीमा अर्चना पूरण सिंह बस्ने

कात्तिक २०, २०७४
द कपिल शर्मा शो : सिद्धु रिसाएपनि उनको कुर्सीमा अर्चना पूरण सिंह बस्ने

काठमाडौं, १ भदौ — द कपिल शर्मा शोमा अभिनेत्री अर्चना पूरण सिंहले पञ्जाबका पर्यटनमन्त्री नवजोत सिंह सिद्धुको ठाउँ लिने भएकी छन् ।


बिरामी भएका कारण शोमा उपस्थित हुन नसकेका सिद्धुको ठाउँमा केही एपिसोडका लागि अर्चना आउने भएकी हुन् । आफ्नो कुर्सीमा अर्चनालाई राख्न लागेको भन्दै सिद्धु कपिलसँग रिसाएको खबर यसअघि सार्वजनिक भएको थियो ।

‘सिद्धुजीको कुर्सीमा बस्नुपर्दा अलि अनौठै लाग्ने रहेछ । कपिलले मलाई शूटिङे दिनमा फोन गरेर बोलाए अनि मैले पुरानो साथीलाई नाइँ भन्न सकिनँ,’ अर्चनाले भनिन् ।

‘म केही एपिसोडका लागि मात्र आएकी हुँ । सिद्धुजी निको भएपछि आफ्नो कुर्सीमा बस्नुहुनेछ । उहाँ आएपछि मैले शो मिस गर्नेछु र कपिलले मलाई फेरि बोलाउलान् भनी प्रतीक्षमा रहनेछु,’ उनले थपिन् ।

कपिल र अर्चना यसअघि सोनी च्यानलकै शो कमेडी सर्कसमा सँगै देखापर्ने गर्थे ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्