
काठमाडौं १ भदौ–हालैको बाढीका कारण तीन बालबालिका गुमाएका बाँकेका कामीलाल थारुलाई प्रधामनन्त्री शेरबहादुर देउवाले ६ लाख रुपैया राहत प्रदान गरेका छन् ।
बाढीपीडितको अबस्था बुझ्न बिहीवार बाँके पुगेका देउवाले थारुलाई ६ लाख रुपैयाको चेक हस्तान्त्ररण गरेका हुन् । बाँकेको राप्ती सोनारी–४ लालपुरमा बाढीको पानी पसेर घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको थियो ।