
मुम्बई – अक्षयकुमारको ‘ट्वाइलेटः एक प्रेमकथा’ भारतीय बक्स अफिसमा धमाकेदार चलचित्र बनेको छ । भारतमा फिल्मले १ सय २० करोडको कमाई गरेको छ । जबकि फिल्मले अन्य देशबाट १४ करोड ५९ लाखको व्यापार गरेको छ ।
यो फिल्मसहित अक्षयका अन्य पाँच फिल्म पनि लगातार हिट भएका थिए । यो चलचित्रले पनि राम्रो व्यापार गरेको छ । चलचित्र १८ करोडको बजेटमा निर्माण भएको थियो ।