×

NMB BANK
NIC ASIA

पहिलो दल बनेर पनि किन खुशी छैन कांग्रेस ? यस्तो छ कारण

पुस २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसको केन्द्रीय परिचालन समितिअन्तर्गतको निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले २०७४ को तुलनामा २०७९ को चुनाव अपेक्षाकृत राम्रो रहे पनि लुम्बिनी र मधेश प्रदेशमा कमजोर नतिजा आएको जनाएको छ । 

Muktinath Bank

सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएपछि सार्वजनिक गर्दै उपसमितिले समानुपातिकतर्फ २०७४ को तुलनामा ७ प्रतिशत मत गुमाउनुपरेको जनाएको छ । यसका कारण यसपटकको चुनावमा २०७४ को तुलनामा प्रतिनिधिसभा र प्रदेशसभा ८/८ सिट गुमाउनुपरेको निष्कर्ष उपसमितिको छ । २०७४ को तुलनामा समानुपातिकमा यसपटक ४ लाख १३ हजार मत कम आएको उपसमितिको निष्कर्ष छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ को तुलनामा प्रतिनिधिसभा कांग्रेसले यसपटक ३४ सिट थप्दा एमालेले ३६ सिट गुमाए पनि नतिजाप्रति उपसमितिले सन्तोष व्यक्त नगरेको हो ।  


Advertisment
Nabil box
Kumari

कांग्रेसले प्रतिनिधिसभातर्फ ५ सयभन्दा कम मतान्तरले ७ सिटमा जित हात पार्दा ५ सिटमा भने ५ सय भन्दा कम मतान्तरको हार बेहोरेको छ । एमालेले ५ सिटमा ५ सयभन्दा कम मतान्तरले जित्दा ८ सिट ५ सय मतान्तरले गुमाएको पनि कांग्रेसले उल्लेख गरेको छ । माओवादीले २ सिट ५ सयभन्दा कम मतान्तरले जित्दा ३ सिट ५ सयभन्दा कम मतान्तरले गुमाएको कांग्रेसको भनाइ छ । जसपाले २ र स्वतन्त्रले १ सिट ५ सयभन्दा कम मतान्तरले जितेका छन् । 

Vianet communication
Laxmi Bank

उपसमितिले सुझाव दिँदै छुट्टाछुट्दै राजनीतिक, सामाजिक र आर्थिक एजेन्डा बोकेका राजनीतिक दलका आ–आफ्ना रणनीति, कार्यनीति भएको हुँदा अन्य दलसँगको सहकार्यले कांग्रेसलाई कति फाइदा वा क्षति भयो भन्ने जवाफ कार्यकर्तालाई दिनुपर्ने जनाएको छ । नयाँ मतदाताको मनोविज्ञान बुझ्नुपर्ने, भ्रातृ र शुभेच्छुक संस्थालाई चुस्त बनाउनुपर्ने सुझाव पनि दिएको छ । 

स्वतन्त्र उम्मेदवारको विजयलाई सकारात्मक रुपमा लिनुपर्ने भन्दै उपसमितिले आफूभित्रको कमजोरी र कमजोर एजेण्डालाई सच्याउनुपर्ने भनेको छ । 

पार्टी निर्देशन बाहिर गएर काम गरेको ठहरिएमा त्यस्ता व्यक्तिलाई पुनः पार्टीमा प्रवेश गर्न नपाउने गरी निष्कासन गर्नुपर्ने माग पनि उपसमितिले पार्टीसमक्ष गरेको छ । नागरिकसँग जोडिएका एजेण्डा उठाउन भन्दै उपसमितिले पार्टीको आन्तरिक चुनाव हरेक वर्ष गर्न सक्नुपर्ने र पार्टी गतिशील हुनुपर्ने सुझाव पनि दिएको छ । 

हेर्नुहाेस् प्रतिवेदन 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x