०२ साउन २०८३, शनिबार

दिल्लीमा भोलि मेयर पदको चुनाव, भाजपा र आपबाट महिला नै प्रतिस्पर्धामा

पुस २१, २०७९
दिल्लीमा भोलि मेयर पदको चुनाव, भाजपा र आपबाट महिला नै प्रतिस्पर्धामा

भारतको राजधानी दिल्लीमा नगर निगम चुनाव सकिएपछि अब भोलि शुक्रवार मेयर, उपमेयर र स्थायी कमिटी सदस्य पदको चुनाव हुँदैछ ।

चुनावमा तीनै पदका लागि छुट्टाछुट्टै रंग मतपत्र हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मेयर र उपमेयर पदमा क्रमशः भारतीय जनता पार्टी (भाजपा) बाट रेखा गुप्ता र कमल बागडी तथा आम आदमी पार्टी (आप) बाट शैली ओबेराँय र आले मोहम्मद इकबाल उम्मेदवार छिन् ।

स्थायी कमिटीका लागि ६ सिटका लागि ७ उम्मेदवार मैदानमा देखिएका छन् । शुक्रवार बिहान ११ बजेदेखि मतदान शुरू हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्