×

NMB BANK
NIC ASIA

सुस्मिता हत्या प्रकरण : २ वर्षपछि सासु-ससुरा र २ नन्दसहित पाँच जना दोषी ठहर

पुस २१, २०७९

NTC
Premier Steels

कपिलवस्तुको बाणगङ्गा नगरपालिकाकी २५ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साढे २ वर्षपछि अभियुक्तहरू दोषी ठहर भएका छन् । चार दिनको बहसपछि पुस २१ गते बिहीबार मकवानपुर जिल्ला अदालतले पाँचै जना अभियुक्तलाई दोषी ठहर गरेको हो ।

Muktinath Bank

 अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजालसले मृतक सुस्मिताको सासु, ससुरा, २ जना नन्द र जेठी नन्दकी श्रीमानलाई दोषी करार गरेको हो । अदालतले सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, कान्छी नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा, उनका श्रीमान् अरुण कार्कीलाई हत्याको कसुरदार ठहर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरि पौडेल, जिल्ला सहायक न्यायाधिवक्ता राजेन्द्रमणि पौडेल, अधिवक्ताहरू राजेन्द्र शर्मा, मदनकुमार दाहाल, मनप्रसाद भट्टराई, अप्सरा बस्नेतर बालकृष्ण अधिकारीले बहस गरेका थिए भने प्रतिवादीतर्फका आधा दर्जन अधिवक्ताले बहस गरेका थिए ।


Advertisment
Nabil box
Kumari

मुख्य अभियुक्तको रुपमा ससुरा र कान्छी नन्द सीता थापालाई जन्मकैद सजायको माग गरिएको छ । दुर्गा र अरुण कार्कीलाई आपराधिक षडयन्त्र गरेको अभियोगमा जन्मकैदको माग गरिएको छ भने मृतक सुस्मिताको सासु तुलसा कुमारी थापालाई मतियारको भूमिका निर्वाह गरेकाले मुख्य अभियुक्तको पाउने सजायको आधा सजाय माग  गरिएको अधिवक्ता अप्सरा बस्नेतले बताइन् ।

Vianet communication

मृतक सुस्मिताको बुवा कृष्ण बहादुर केशीले २०७७ असार २९ गते पाँचै जनाविरुद्ध मुद्दा दर्ता गरेका थिए । सुस्मिताको २०७७ असार १ गते राती हेटौंडा उपमहानगरपालिका ५ कर्रास्थित घरमा विभत्स ढंगले हत्या गरिएको थियो । भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउकोमा ससुराले पछाडिबाट लौरो जस्तो काठले हिर्काएका थिए ।

सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले टाउकोमा निरन्तर प्रहार गरेको प्रहरी समक्ष स्वीकार गरेकी थिइन् । असार २ गते घरको भान्सामा वीभत्स ढंगले हत्या गरिएको अवस्थामा सुस्मिताको शव फेला परेको थियो । तर ससुराले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x