
%3A%20imageLib-%26gt%3BresizeImage(360%2C%20272%2C%20'crop')%0A%231%20/home/lokaantar/public_htmlhttp://lktcdn.prixa.net/media/tinymce/file_manager/filemanager/upload.php(98)%3A%20create_img('../source/msid-...'%2C%20'../thumbs/msid-...'%2C%20360%2C%20272)%0A%232%20%7Bmain%7D%0Athrown%20in%20%3Cb%3E/home/lokaantar/public_htmlhttp://lktcdn.prixa.net/media/tinymce/file_manager/filemanager/include/php_image_magician.php%3C/b%3E%20on%20line%20%3Cb%3E346%3C/b%3E%3Cbr%20/%3E%0A)
मुम्बई – केही महिना पछिले जब सलमान खानको फिल्म ट्युबलाइटले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । वितरकले घाटा भएको बताएपछि सलमानले वितकरलाई लभगग ३२ करोड रुपैयाँ दिएका थिए ।
जबकि, शाहरुख खानको नयाँ फिल्म ‘जब ह्यारी मेट सेजल’ ले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । फिल्मका वितरकले अहिले आफूलाई राहत नभएको बताउँदै शाहरुखसँग पैसाको दिन अपील गरेका छन् । वितरकले शाहरुखलाई सन्देश पठाएर भरपाइ गरिदिनका लागि आग्रह गरेका छन् ।
शाहरुख खानले फिल्मलाई स्याटलाइट, म्यूजिक र डिजिटल राइट्स बेचेर राम्रो पैसा कमाएका छन् । शाहरुख खानले पहिलेदेखि नै फिल्मको राइटस् बेच्ने कलाकारका रुपमा पनि चिनिन्छन् । यसभन्दा अघि पनि चलचित्र ‘दिलवाले’ ले राम्रो व्यापार नगर्दा उनले भरपाइ गरेका थिए । त्यतिबेला शाहरुखले २५ करोड रुपैयाँ तिरेका थिए ।