
पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८, खुर्सानेमा बिहीबार मध्यराति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ग १ ख ४९७७ नम्बर बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख जनक शाहीले घटनास्थलबाट घाइतेहरुको उद्धार गरी बुटवल पठाएको लोकान्तरलाई जानकारी दिए । बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसकेको शाहीले बताए । मृत्यु हुने अधिकांश महिलाहरु भए पनि पहिचान खुल्न सकेको छैन । बस दुर्घटना राति ११ बजे भएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।