३१ जेठ २०८३, आइतबार

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, तराईमा बाक्लो हुस्सु

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, तराईमा बाक्लो हुस्सु

आज पनि देशभर पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव कायम रहेकाले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने हुनाले चिसो कायम  रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज शुक्रबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । तराईमा लाग्ने कुहिरोले यातायात समेत प्रभावित हुने विभागको भनाइ छ । चिसो क्रमिक रुपले बढ्दैगएकाले त्यसबाट बच्न सावधानी अपनाउन विभागले आग्रह गरेको छ । 

त्यस्तै, भोलि शनिबार पनि देशको पहाडी भूभागमा आंशिक बदली रही तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्नेछ । कुहिरोले त्यहाँको दैनिक जनजीवनमा समस्या पार्नेछ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुने भएकाले पहाडी भूभागमा पनि चिसो बढ्नेछ । 

सोहीअनुसार पुस २४ गते आइतबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ । चिसोका कारण ज्येष्ठनागरिक, दीर्घरोगी, बालबालिका बढी प्रभावित हुने हुनाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्