२२ जेठ २०८३, शुक्रबार

सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिइँदै

सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिइँदै

सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमलाई शुक्रबार अन्तिम रुप दिने तयारी गरेको छ ।  त्यसका लागि न्यूनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको र त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको बताए ।  उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको जानकारी दिए । उनले सो ड्राफ्टको दफावार छलफल गरी आज सबै काम सक्न प्रयास गरिने बताए । 

बिहीबार नै यो विषयलाई टुंग्याउने भनिएपनि माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थ भएपछि पर धकेलिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्