०४ असार २०८३, बिहीबार

धुलाबारी–भद्रपुर सडक कालोपत्रे हुँदा विमानस्थल जान सजिलो

धुलाबारी–भद्रपुर सडक कालोपत्रे हुँदा विमानस्थल जान सजिलो
प्रतिकात्मक तस्वीर

झापाको काँकडभिट्टादेखि चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी–भद्रपुर सडकको ७ किलोमिटर खण्ड कालोपत्र भएको छ । 

भारत, भुटान तथा बंगलादेशबाट एसियन राजमार्ग हुँदै नेपाल आउने पर्यटकले सडक प्रयोग गर्दै आएका छन् ।

सडकको दूरी १७ किलोमिटर भए पनि भद्रपुर खण्डको ३ किलोमिटर र काँकडभिट्टाबाट धुलाबारीसम्मको ५ किलोमिटर सडक यसअघि नै कालोपत्र भएको थियो ।

१ नम्बर प्रदेश सरकारको गौरवको मुख्य परियोजनका रूपमा रहेको धुलाबारी–ज्यामिरगढी–चन्द्रगढी सडकको बाँकी २ किलोमिटर खण्डमा कालोपत्र धमाधम भइरहेको छ भने २ वटा कल्भर्ट निर्माणको अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताए ।

पूर्वी नाकाबाट नेपाल भित्रिने पर्यटकले विमानस्थल प्रयोग गर्नका लागि यसअघि काँकडभिट्टा–बिर्तामोड–चन्द्रगढी सडकको ३० किलोमिटर वा काँकडभिट्टा–चारआली–चन्द्रगढी सडकको २४ किलोमिटर लामो बाटो प्रयोग गर्दै आएका थिए । ती २ सडकको तुलनामा धेरै यो सडकखण्ड निकै छिटो पर्छ । 

मेचीनगर–१५ का दुर्गा बुढाथोकीले विगतमा पिछडिएको क्षेत्रका रूपमा हेरिने ज्यामिरगढी क्षेत्र सडक कालोपत्र भएसँगै सुविधाजनक भएको बताए । यो सडकको धुलाबारीबाट भद्रपुर सीमासम्मको ९ किलोमिटर कालोपत्र निर्माणको ठेक्का विक्रम संवत् २०७५ कात्तिक ७ मा हिम्डुङ एण्ड थोकर सरोज जेभीले लिएको थियो । सो सडक २०७९ असार ३१ गते निर्माण सम्पन्न गर्ने गरी २५ करोड ३२ लाख ८४ हजार रुपैयाँमा ठेक्का लिएको कम्पनीले कोभिड महामारीका कारण समयमै निर्माण गर्न सकेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्