२१ जेठ २०८३, बिहीबार

राष्ट्रिय सभाको रिक्त पदमा माघ २५ गते चुनाव

राष्ट्रिय सभाको रिक्त पदमा माघ २५ गते चुनाव

सरकारले राष्ट्रिय सभाको रिक्त एक सिटका लागि माघ २५ गते चुनाव गर्ने निर्णय गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको रिक्त एक स्थानमा माघ २५ गते चुनाव गर्ने निर्णय गरेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । 

राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको नेता समेत रहेका खिमलाल भट्टराईले राजीनामा दिएपछि १ सिट रिक्त छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने पनि निर्णय गरेको छ ।

सरकारले बाजुरामा चुनावको बेला मृत्यु भएका चेतन ऐडीका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने पनि सरकारले निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्