०९ असार २०८३, मंगलबार

विमानस्थलमा जफत गरिएका आईफोनसहितका १५१ वटा मोबाइल लिलामीमा, न्यूनतम् मूल्य साढे ९३ लाख

विमानस्थलमा जफत गरिएका आईफोनसहितका १५१ वटा मोबाइल लिलामीमा, न्यूनतम् मूल्य साढे ९३ लाख
फाइल तस्वीर

विदेशबाट फर्केका श्रमिकलगायतबाट जफत गरिएका मोबाइल सेट लिलामीमा राखिएको छ ।  त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विभिन्न मितिमा जफत गरिएका आईफोनसहितका अन्य मोबाइल सेट लिलाम बिक्रीका लागि सूचना जारी गरेको हो ।  

भन्सार कार्यालयले पुस १८ गते जारी गरेको सार्वजनिक सूचनामा १५१ थान मोबाइल सेट बिक्री गरिने उल्लेख छ । उक्त मोबाइल फोन सेटको न्यूनतम् मूल्य ९३ लाख ५४ हजार रुपैयाँ कायम गरिएको छ । 

सूचनामा भनिएको छ, ‘यात्रु जाँचपास तथा सहजीकरण शाखाबाट जफत भई यस कार्यालयमा दाखिला भएका ति मोबाइलहरू भन्सार नियमावली, २०६४ को नियम ३५ को उपनियम २ मा भएको व्यवस्थाअनुसार सिलबन्दीको माध्यमद्वारा लिलाम बिक्री गरिने छ ।’ 

मोबाइल फोन खरिद गर्न चाहने इच्छुक फर्म तथा संस्थाले १५ दिनभित्र गोप्य सिलबन्दी दरभाउपत्र पेश गर्न भनिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्