
भारत र पाकिस्तान पहिला देखिनै छुट्टै देश थिएनन् । यी देशको इतिहास एकै थियो । उनीहरुको संस्कृति एकै हो र विरासत पनि ।
जव देशको भागबण्डा भयो तव जमिन मात्र विभाजित भएको थिएन । विरासत देखि तारिखसमेत बाडिएको थियो ।
दुवै देशका नागरिक विभाजको समय सुई, पेन्सिल, मेच तथा सरकारी जनावरका लागि पनि लड्न थालेका थिए ।
यो विभाजन थियो एतिहासिक विरासतको । सिन्धु घाटी सभ्यताको केन्द्र रहेको मोहनजोदडमा खनिने क्रममा एक हार फेला परेको थियो जसलाई लिएर भारत पाकिस्तानको बीचमा ठूलो विवाद भएको थियो ।
सन् १९२० को दशकमा जब हिस्दुस्तान स्वतन्त्र भएको थिएन र भारत पाकिस्तान एकै देश थिए, तब सिन्धु घाँटीमा खनिएको थियो त्यसक्रममा करिब पाँच हजार साल पुरानो एक शहरको अवशेष फेला परेको थियो ।
यसलाई सिन्धु घाटी सभ्यताको नाम दिइएको थियो । खनिएको स्थानमा जुन सहर आयो त्यो मानिसको विकासको प्रमाण थियो ।
सिन्धु घाटी सभ्यताको खोजले अंग्रेजका गुलाम भारतीयलाई आफ्नो खोजीमा उत्साह थप्नुको सट्टा पीडा दियो । यसले भारतीयले उनीहरुको सभ्यता पनि मिश्र, यूनान र चीनको सभ्यता जस्तै हजारौं साल पुरानो थियो भन्नेमा गर्भ गर्न सक्थे ।
भारतका पहिला प्रधानमन्त्री जवाहर लाल नेहरुले आफ्नो किताव डिस्कबरी अफ इण्डियामा मोहनजोदडका बारेमा लेखेका छन् । उनी भन्छन्, मोहनजोदडको डिलमा उभिएर उनलाई लागेको थियो कि पाँच हजार साल भन्दा पनि पुरानो सभ्यता हो, जुन सभ्यता लगातार परिवर्तन भइरहेको छ ।
मोहनजोदड खन्ने क्रममा एक नाचिरहेकी महिलाको मूर्तिसहित हजारौं सामान फेला परे । खन्ने क्रममा सुनको एक हार फेला परेको थियो ।
तर जब १९४७ मा देश विभाजनको घोषणा भयो तव सयौं वर्षदेखि साथमा रहँदै आएको मानिस सानो सानो चिजका लागि लड्न थाले । केही महिना पहिला इग्ल्याण्डबाट मगाइएको ६० पानी हास समेत दुई देशलाई विभाजन गरियो ।
वन विमागको सम्पत्तिमा रहेको जायमुनी नामको हात्ती जब पूर्वी बंगालमा दिइयो तब भारतका मानिसले विरोध गरे ।
त्यस्तै विदेश मन्त्रालयले २१ टाइपराइटर, ३१ पेन स्ट्यान्ड, १६ मेच, अधिकृत बस्ने ३१ कुर्सी पाकिस्तान पठाइएको थियो ।
यस्ता साना साना कुरा त विभाजित भएका थिए भने इतिहाससँग जोडिएका विषय भागबण्डा नहुने कुरै भएन । त्यसका लागि एक नियम बनाइएको थियो । जस अनुसार साठी प्रतिशत भारतलाई र ४० प्रतिशत पाकिस्तानले पाउने भएका थिए ।
यसमा मोहनजोदडमा पाइएको नाचिरहेको युवतीको मुर्ति र सुनको हार पनि थियो भने योगीको पुत्ला पनि थियो ।
विभाजनको क्रममा युवतीको मुक्ति भारतको हिस्सामा आयो भने यागीको पुत्ला पाकिस्तानको खातामा गयो ।
अब कुरा सुनको हारमा आएर अड्कीयो । जब हारलाई लिएर सहमति बनेन तब अधिकारीहरुले यसलाई यसरी बाँडे जसरि देश बाडिएको । यस्तो महत्वपूर्ण इतिहासलाई दुई टुक्रा गरेर एक हिस्सा पाकिस्तान र अर्को टुक्रा भारतलाई दिइएको थियो ।
जुन टुक्रा आज पनि भारतको राष्ट्रिय संग्राहलायमा राखिएको छ ।