०९ साउन २०८३, शनिबार

जनतालाई खुसी बनाउने गरी सरकारका साझा न्यूनतम कार्यक्रम तयार भयो– मुकुल ढकाल

जनतालाई खुसी बनाउने गरी सरकारका साझा न्यूनतम कार्यक्रम तयार भयो– मुकुल ढकाल

सरकारका न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन तयार गरेको छ । शनिवार बस्ने शीर्ष नेताको बैठकमा प्रतिवेदन पेश गरेर सार्वजनिक गर्ने दलहरूको तयारी छ । 

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको शुक्रवार बसेको बैठकले साझा कार्यक्रमलाई अन्तिम रूप दिएको हो । कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जनतालाई सुखी तुल्याउने गरी कार्यक्रम तयार भएको जानकारी दिए । 

‘कार्यदलले साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेको छ, भोलि शीर्ष नेताको बैठकमा पेश गरेपछि सार्वजनिक हुनेछ । सुशासनका एजेण्डा र जनतालाई प्रत्यक्ष परिवर्तन दिलाउने आभास भएका छन्’, ढकालले भने, ‘प्रत्येक क्षेत्रलाई समेट्ने गरी कार्यक्रम तयार भएको छ । जनतालाई खुसी बनाउने गरी आउछ ।’

पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनु अगावै सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने दलहरूको तयारी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्