२१ जेठ २०८३, बिहीबार

देउवा र माधव नेपालबीच भेटवार्ता

देउवा र माधव नेपालबीच भेटवार्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एकपछि अर्को राजनीतिक भेटवार्तालाई तीव्रता दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार बाहिर रहेका दलका शीर्ष नेताहरूसँगको भेटघाट तथा छलफललाई तीव्रता दिएका हुन् । 

केही दिनअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेपछि सहभागी नभएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गरेको देउवाले शुक्रवार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । 

देउवालाई भेट्न नेपाल धुम्बाराहीस्थित देउवा निवास पुगेका थिए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको थियो ।

नेकपा एसले भने हालसम्म प्रचण्ड सरकारलाई समर्थन गरिसकेको छैन । 

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नेपालले देउवासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्