२१ जेठ २०८३, बिहीबार

जाडोका कारण हृदयाघात- उत्तर प्रदेशमा एकैदिन २२ जनाको मृत्यु

जाडोका कारण हृदयाघात- उत्तर प्रदेशमा एकैदिन २२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा चिसोबाट सिर्जित हृदयाघातका कारण एकैदिन कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ । 

लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी (एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजी) कानपुरले जारी गरेको तथ्याङ्कअनुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरङ्ग विभाग (ओपीडी)मा ७२३ जना मुटुका बिरामी आएका थिए ।  तीमध्ये अस्पतालमा सात जनाको उपचारकै क्रममा मृत्यु भएको र १५ जना अस्पताल  नआइपुग्दै मृत घोषणा गरिएको  थियो। 

अस्पतालका डाक्टरहरूले कानपुरमा फैलिएको शीतलहरका कारण रक्तचापमा अचानक वृद्धि भएको  र त्यसले हृदयाघात निम्त्याएको बताइएको छ । 
"कानपुरमा  व्यापक शीतलहर बढेको छ जसका कारण हृदय रोगबाट पीडित मानिसहरूको  सङ्ख्या ह्वात्तै  बढेको छ ," एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजीका निर्देशक विनय कृष्णले बताएका छन् ।  
कानपुरका स्वास्थ्य विज्ञहरूले  सबैलाई न्यानोमा  रहन र घरभित्रै बस्न सल्लाह दिएका छन्।

उत्तर भारत विगत केही दिनदेखि शीतलहरको चपेटामा परेको छ । उत्तरी राज्यहरूमा तापक्रममा उल्लेख्य गिरावट आएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्