
विराटनगर महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन गर्नका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनिमन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित आज सम्झौता गरेको छ ।
विराटनगर–७ निवासी शोभा मास्के प्रधान, केदारशक्ति मास्के र बद्रीशक्ति मास्केको नाममा रहेको तीन कठ्ठा पाँच धुर जग्गा पार्किङका लागि प्रयोग गरिने भएको हो । महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सरसफाई शाखा प्रमुख पुनम दाहाल र महानगर प्रहरी प्रमुख राजन पौडेल र जग्गाधनीका तर्फबाट बद्रीशक्ति, शोभा र केदारशक्तिले हस्ताक्षर गरेका छन् ।