१० साउन २०८३, आइतबार

तारकेश्वरमा आगामी माघ १ देखि स्वास्थ्य बीमा

तारकेश्वरमा आगामी माघ १ देखि स्वास्थ्य बीमा

काठमाडौँको तारकेश्वर नगरपालिकामा आगामी माघ १ देखि सामाजिक न्यायमा आधारित स्वास्थ्य बीमा कार्यक्रम सुरु हुने भएको छ । तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले आज महिला स्वास्थ्य स्वयम् सेविकाका लागि स्वास्थ्य बीमासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी आगामी महिनादेखि नगरपालिकाभर स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएको हो ।

सचेतना कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार शाहले नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सरकारले थालेको स्वास्थ्य बीमा कार्यक्रम तारकेश्वमा लागू गर्न लागेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्