१५ असार २०८३, सोमबार

उपत्यकामा बढ्यो वायु प्रदूषण [फोटो फिचर]

उपत्यकामा बढ्यो वायु प्रदूषण [फोटो फिचर]

हरेक वर्ष जाडो मौसम शुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन÷प्रतिदिन बढिरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावाजस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । 

चिसो मौसममा बढी प्रदूषण हुँदा धुम्रपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञहरू बताउँछन् । प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुनेजस्ता समस्या देखिने गर्छन् । यो बेलामा मानिसहरू आफैँले बुझेर पनि वातावरणको सरसफाइमा ध्यान दिनुपर्ने हो । आम मानिसहरूलाई यसको पर्वाह छैन, जसकारण पनि अहिले वायु प्रदूषण काठमाडौंसहित देशका विभिन्न शहरमा खतरा बन्दै गएको छ । 

काठमाडौं उपत्यकामा यतिबेला वायु प्रदूषण बढेको छ । नदी, सडक र गल्लीहरूमा सरसफाइ हुन सकेको छैन । जसकारण पनि यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परिरहेको छ । वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ । अझै पनि सर्वसाधारण नागरिकहरू नै यसमा चनाखो भएर वातावरण सरसफाइमा नलाग्ने हो भने वायु प्रदूषणले झनै खतराको तह पार गर्ने निश्चित छ । 

सबैभन्दा पहिला जथाभावी  फोहोर फाल्ने बानी हटाउनु पर्छ । नदीनाला, सार्वजनिक जग्गा, सडकहरूमा फोहोर फाल्ने बानी हटाउनसके मात्रै पनि केही मात्रामा प्रदूषणलाई कम गर्न सकिन्छ । वायु प्रदूषणलाई रोक्न पुराना र थोत्रा सवारीसाधनहरूको प्रयोगमा पनि नियन्त्रण गर्न जरुरी छ । 

 

salt training

कमेन्ट गर्नुहोस्